Breaking

यस्ता छन् रविका विकल्प, देश हाक्ने हुटहुटी होला त पूरा रु के–के छन् बाधा अड्चन ?


काठमाडौँ — जनताको हुटहुटी बन्दै आमनिर्वाचनजितेर गृहमन्त्रीसम्म बनेका रवि लामिछानेका सबै पदसर्वाेच्चको निर्णयले खोसिदियो । आफूले आफैलाई अनागरिक भएको बताइरहँदा अब उनको राजनीतिकयात्रा के र उनीसँग केके विकल्प हुन्छ भन्ने सबैको चिन्ता र चासोको विषय बनेको छ । शुक्रबार सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसलागरिसकेपछि स्तव्धभएका रवि लामिछानेको प्रतिक्रियाहो यो । ‘म के गर्छु मलाई नै थाहा छैन’उनले यहाँभनिरहँदाआममानिसको चासो भने अब उनले के गर्छन् भन्नेमा नै छ ।

योसँगै उनले उठाएका वैकल्पिक राजनीतिको मुद्धा नै सकिने हो कि भन्ने पनिअहिले चिन्ताको विषय बनेको छ । उनीविनाको स्वतन्त्र पार्टी कसरी अघि बढ्लाभन्ने पनिआममानिसको जिज्ञासा रहेको छ । सर्वाेच्च अदालतको फैसलाअनुसार उनी नेपालीभएपनिकानुनीप्रक्रियाअनुसार नेपालीनागरिक नभएको हुँदा सर्वप्रथमपहिले नेपालको नागरिक हुन जरुरी देखिन्छ । फैसलाले भने जस्तै नेपालीनागरिकतालिने बाटो अझै खुला नै हुँदा वैधानिकतानागरिकता ऐन २०६३ को दफा ११ र नागरिकतानियमावली २०६३ का अनुसार विदेशीनागरिकता त्याग गरेको निस्सा सम्बन्धितकार्यालयलाई बुझाएपछि उनले पुन नेपालीनागरिकताप्राप्तगर्न योग्यहुने छन् । रविनागरिक हुना साथ नैतिकताले नरोके पार्टी सभापतिबन्ने छन् । रविकालागि स्वतन्त्र पार्टीभित्रविकल्प नै विकल्प रहेको छ ।

त्यस्तै उनले गठबन्धनको राजनीतिक सन्तुलनमिलाउन सके र प्रचण्ड–ओलीले चाहे ६ महिनासम्ममन्त्रीहुन सक्ने छन् । नेपालको संंविधानले व्यवस्था गरे अनुसार नेपालीनागरिक भए गैरसांसद पनि ६ महिनासम्मकालागिमन्त्रीबन्न बाटो खुलाहुने नै छ । अन्यथाचितवन २ माउपनिर्वाचनबाट पुनः सांसद बनेर पनि संसदीय राजनीति सुरु गर्न सक्ने छन् । तरउनी र उनको पार्टीले नैतिकताको सामनाभने गर्नुपर्ने देखिन्छ । तर, उनलाई फेरि फौजदारी अभियोग पनिलाग्न सक्ने बाटो भने रही नै रहने छ ।

उनले त्यही पुरानै नागरिकताप्रयोग गरेर विभिन्न देशमा भ्रमण गरेको प्रमाण पेश गर्दै पुनकीर्ते गरेको अभियोगमाअर्काे मुद्धा पनि खेप्न सक्ने आधार बन्ने छ । राजनीतिक सुरु गरेका ६ महिनामा नै उपप्रधान सहित गृह जस्तो महत्वपूर्ण मन्त्रालयहातपार्न सफलभएका रविको राजनीतिकयात्रानिकै सहजथियो । तर, ३२ दिनमा नै पदमुक्तभएको उनको अबको बाटो सहजहुनेछ या सकसपूर्ण त्यो भोलीको दिनले नै तय गर्ने छ ।