देश

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै


काठमाडौँ— चर्चित पत्रकार ऋषि धमलापत्नी एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी छन् ।

नायिकासमेत रहेकी गौतम रुपन्देहीमा एक पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेश गर्न लागेकी हुन् । गौतमलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता गौतमले स्वागत गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

गौतमलाई नेपालगञ्जको कुनै कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भएपनि अन्तिममा रुपन्देहीको भैरहवामा निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।