Breaking

मन्त्रीलाई कारबाही गर्ने प्रचण्डको कदमले राप्रपामा खैलाबैला, गठबन्धन नै धरापमा


काठमाडौँ — प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डको नेतृत्वमानयाँसरकार गठन भएको महिनादिनपुग्यो । फरक राजनीतिकएजेन्डाबोके पनि सत्ताकालागि सहकार्य गरेकादलहरुबीचअहिले नै टकराव सुरु भएको छ । जसका कारण सरकारको भविष्यमाथीथप संशय पैदा भएको छ ।

मंसिर चारमा सम्पन्न संसदीयचुनावमाकुनै पनिदलले स्पष्ट बहुमतप्राप्तगर्न सकेनन् । संवैधानिकव्यवस्थाअनुसार साना–ठुलादलहरुले मिलेर प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको नेतृत्वमानयाँ सरकार गठन भयो । सातदलको समर्थनमाप्रधानमन्त्री बनेका प्रचण्डले सदनमाऐतिहासिकअसाधारण समर्थन समेत प्राप्त गरे ।

गणतन्त्र, संघियता धर्मनिरपेक्षताको पक्षधरप्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सरकारमासंघियता खारेज हुनुपर्ने भन्दै प्रदेशमाउम्मेदवार समेत नउठाएका राष्ट्रिय स्वतन्त्र पार्टी सरकार सामेल छ । सभापति रवि लामिछाने गृहमन्त्री छन । सरकारमापुगेपछि रवि समूहचुप छ । तर यताभिन्नविचार हुँदाहुँदै सत्ताको बार्गेनिङ मिलेपछि सरकारमा सहभागीभएका राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले सरकारमा सहभागीभएर पनि संंघियता खारेजी, हिन्दु धर्म,राजसंस्था नै अन्तिम बटमलाईन बनाएका छन । राप्रपाबाट कानुनमन्त्रीबनेका ध्रुबबहादुर प्रधानले सार्बजनिक रुपमा संघियता खारेज गर्नुपर्छ भन्दै अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले प्रष्टीकरण नै सोध्ने तयारी गरेका छन् ।

भिन्नविचार हुँदाहुँदै सत्ताको लोभमागणतन्त्रवादीसँगएकसाथ हिँडेको राप्रपा अब के गर्छ चासोपूर्ण बनेको छ । राप्रपाले सत्ताको लोभमाआफ्नो एजेन्डा छोड्छ वा सरकार ?प्रश्नपेचिलो बनेको छ ।राप्रपाले प्रचण्ड प्रधानमन्त्रीबनाइएको दावीगर्दै संविधानप्राप्तअधिकार प्रयोग गर्ने राप्रपा नेताहरुको छ ।

राजनीतिकएजेन्डा पार्टीगतविषयहो । तर सरकार गठनको महिनादिननवित्दै, सरकारले पूर्णता समेत नपाउँदै सत्तारुढ गठबन्धनभित्र विवादको झिल्को बल्नथालिसकेको छ ।भागवण्डालाई लिएर टकराव र वेमेल हुने परिपाटीकाबीच मौजुदा सत्ता गठबनधनभित्र विचारमै विवादसुरु हुनुले सरकारको आयुमा समेत प्रश्न उठेको छ । यो टकरावले राजनीतिक संक्रमणलाई बढावा दिने त होइनभन्ने आशंकाबढेकोछ ।