Breaking

एमालेलाई राष्ट्रपति नदिने माओवादीको बोली, कांग्रेस मौकामा चौका हान्दै, गठबन्धन भत्किने संकेत


काठमाडौँ — राष्ट्रपतिको निर्वाचन हुने समय नजिकिएसँगै दलहरुबीच तीव्र तनाव र आशंका देखिन थालेको छ । एमाले अध्यक्ष ओलीले बारम्बार काँग्रेस गठबन्धन भत्काउने गरि अघि बढेको आरोप लगाइरहेका छन् । जसलाई माओवादीको भूमिकाले समेत बल पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन रहन्छ कि रहँदैन भन्ने पीर परेको छ । झन काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि झस्किएका ओलीले राष्ट्रपतिमा धोका हुनसक्ने बुझेका छन् । प्रचण्डले राष्ट्रिय सहमतिको कुरा उठाइरहेका बेला माओवादीलाई बहकाएर काँग्रेसले गठबन्धन भत्काउने प्रयास गरेको ओलीको दाबी छ ।

सरकार गठनकै बेला राष्ट्रपति एमालेको भागमा पर्ने सहमति भएपनि अहिले ओलीको शंकामा बल पुग्ने गरि माओवादीलेबोली फेरिरहेको छ । सरकार गठनका बेला एकखाले सहमति भएपनि अहिले माओवादीले राष्ट्रपतिमा सबैले मान्ने व्यक्ति आउनुपर्ने र त्यसमा काँग्रेसलाई पनि मिलाएर जाने आशयको अभिव्यक्ति दिइरहेको छ । जसले ओली थप शंकाग्रस्त छन् ।किनकि माओवादीले देशमा राष्ट्रिय सहमतिको आवश्यकता होकि होइन ?भन्ने प्रश्न ओलीका अघि तेर्साइरहेको छ ।

सत्ता गठबन्धन र सरकारको नेतृत्वकर्ता दलका आ–आफ्नै तयारीले अविश्वासलाई झन बढाएको छ । ओली–प्रचण्डबीचको सम्बन्धमा तिक्तता ल्याएर सत्ता सहकार्य अन्त्यसम्मकै तयारीमा काँग्रेस छ । जसका लागि राष्ट्रपतिकै निर्वाचनलाईउपयुक्त समय मानेको काँग्रेसले गठबन्धन भत्काउनेसम्मको कसरत गरेको आरोप ओलीले लगाएका हुन् ।