Breaking

एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ भारतले मनायो ७४ औं गणतन्त्र दिवस


काठमााडौँ — इजिप्टका राष्ट्रपति अब्देलफताहएल–सिसीको प्रमुखअतिथ्यमाभारतले आजे ७४ औं गणतन्त्र दिवस विभिन्नकार्यक्रमगरि मनाएको छ । राष्ट्रलाई शुभकामनादिँदै प्रधानमन्त्रीमोदीले देशकामहान स्वतन्त्रता सेनानीहरूको सपना साकार पार्न एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । सन् १९५० को २६ जनवरीमाभारत गणतन्त्र घोषित भएसँगै भारतले हरेक वर्ष २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउँदै आएको छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्रभएको थियो ।

तर १९५० को जनवरी २६ मा संविधानजारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ माअपनाएको संविधानले भारत सरकार ऐन, १९३५ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमाप्रवेश गरेको हो ।संविधानले भारतीयनागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतकालोकतान्त्रिकव्यवस्थाहरू स्थापित गरेको हो । इजिप्टका राष्ट्रपति अब्देलफताहएल–सिसीलाई कार्यक्रमको प्रमुखअतिथिकालागि आमन्त्रण गरिएको यो पहिलो पटक हो ।

७४ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रलाई शुभकामनादिँदै प्रधानमन्त्रीमोदीले देशकामहान स्वतन्त्रता सेनानीहरूको सपना साकार पार्न एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाथिए । इजिप्टियन सशस्त्रबलको अतिथिदलले दिल्लीमा परेडको सुरुवात गरे लगतै सशस्त्रबलले शक्तिप्रदर्शन गरेको थियो । परेडमा भारतमानिर्मित हतियारहरू मात्रप्रदर्शनमाथिए । दिवसको अवसरमाभारतीय राष्ट्रपति द्रौपदीमुर्मुलाई २१तोपको सलामीदिएकाथियो । आजको आयोजित समारोहमा ६५,००० मानिसहरूको सहभागीता रहेको थियो ।

दिल्लीप्रहरीले यो वर्ष मेट्रो मार्फत ३० हजार मानिस परेड स्थलमापगेको पनिजनाएको छ । केन्द्रीय सचिवालय र उद्योग भवन मेट्रो स्टेशनहरू आगन्तुकहरूकालागिखुलागरिएको थियो । सुरक्षाव्यवस्थाकालागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षाव्यवस्थामिलाइएको थियो भने १५० सीसीटीभी क्यामेराबाट निगरानी समेत गरिएको थियो । यस वर्षको गणतन्त्र दिवस परेडमा सीआरपीएफको महिला सशस्त्रप्रहरी बटालियनको पहिलो टोलि पनि देखिएको छ ।

दिवसको परेडमा केरला, कर्नाटक, तमिलनाडु, महाराष्ट्र लगायतको विषयवस्तुमा“नारी शक्ति“ र महिला सशक्तिकरण प्रस्तुतगरिएको हो ।दिवसको अवसरमानारी शक्तिलाई चित्रण गर्दै शास्त्रीय, लोक तथा समसामयिक फ्युजन नृत्य प्रस्तुत गरेका थियो । कला र नृत्यका माध्यमबाट ‘देवी’पर्व मनाइएको मन्त्रालयलेजनाएको छ ।गणतन्त्र दिवस परेड भारतको सैन्य क्षमता र सांस्कृतिकविविधताको मिश्रण थियो जसले देशको बढ्दो स्वदेशीक्षमता, नारी शक्ति र नयाँभारत को उदयलाई चित्रण गरेको थियो । भारतको जीवन्त सांस्कृतिक सम्पदा, र आर्थिक र सामाजिकप्रगतिलाई चित्रण गर्ने परेडको हिस्सा रहेको भारतीय रक्षामन्त्रालयले जनाएको छ ।