देश

खुल्ला अन्लाईन एकल शेर्पा नृत्य प्रतियोगिता सिजन-२ को उपाधी याङ्जी शेर्पालाई


काठमाडौँ — शेर्पा इभेन्ट अर्गनाइजरद्वारा आयोजित एकल शेर्पा नृत्य प्रतियोगिताको उपाधी खोटाङकी याङ्जी शेर्पाले जितेकी छिन् । शेर्पा इभेन्ट अर्गनाईजरले आयोजना गरेको अनलाई नृत्य प्रतियोगितामा खोटाङ जिल्लाका याङ्जी शेर्पा प्रथम, रामेछापका निमा काण्डु शेर्पा दोसो र तेस्रो तथा पब्लिक चोइज बिजेतामा ओखलढुंगाका आङ फुलि शेर्पा भएकी छिन् ।

शेर्पा जातिको गित, संगीत, कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन, आधुनिक प्रविधिको माध्यमबाट विश्वभर छरिएर रहेका शेर्पाहरुलाई एकरुपता ल्याउने तथा युवा पुस्तामा लुकेर रहेको प्रतिभाको उजागर गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रम संयोजाक तथा संस्थाका महासचिव आङ छिरिङ शेर्पाले जानकारी दिए ।

यता एकल शेर्पा नृत्य प्रतियोगिताका निर्णायक मन्डलमा गायक फरादेन्डी शेर्पा र डान्सर मिङ्मा डोमा शेर्पा रहेको थियो । विजेताले क्रमश १५,०००, १०,००० र ५,००० पाउनेछन् पब्लिक चोइज बिजेताले नगद पाँच हजारसहित म्युजिक भिडियोमा अबसर दिईने छन् । प्रतियोगिताको पुरस्कार राशी एक बिशेश कार्यक्रम आयोजनागरि वितरण गरिने भएको छ ।