समाचार

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ — पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षिय सरोज न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको उक्त टिपर गएराती पौने १२ बजे सडकबाट तल खसेको थियो । राती नै प्रहरीको टोली घटनास्थलमा पुग्दा टिपर पूर्णरुपमा क्षति भएको थियो । खोजतलासका क्रममा आज बिहान साढे ७ बजे चालक न्यौपाने तिनाउ खोलाको पानीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।