Breaking

प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो : मेयर शाह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन् ।

संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्यको बुधबार बिहान निधन भएको छ । आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको मेयर शाहले बताएका छन् ।

‘..त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो,’ सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ आचार्यले मागेको सहयोगको याचना, सुरक्षा, उद्दार र उनका हरेक चरणमा राज्य असफल भएको शाहले बताएका छन् ।