Breaking

बालेनको पक्षमा उत्रिए सन्दुक रुइती,आलोचना गर्नेहरुलाई महानगरको कडा जवाफ,लिँदैछ कामले गति


काठमाडौँका वासीले चाहे झै गरी महानगरपालिकाको मेयरमा बालेन साह आए । उनले महानगरको बाग्डोर सम्हालेसँगै आलोचना र विवादको अन्त्य हुने आश गरिएता पनि महानगर झनै विवादित बन्दै गएको छ । नयाँ मेयरले कार्यभार सम्हालेको ८ महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिका चौतर्फी आलोचनामा परेको छ ।

यो अवधीमा कयौं पटक सरोकारवालाहरु महानगर घेर्न बाघदरबार पुगिसकेका छन् । कहिले फुथपाथ व्यवसायी, कहिले वागमती किनारमा हैकम जमाएर बसेका सुकुम्बासी त कहिले टुँडिखेललाई तीन तले अण्डर ग्राउण्ड पार्किङ बनाउने योजनाविरुद्ध नेवार समुदायरसँगै अन्य सरोकारवालाहरु महानगरलाई सजग गराउन कार्यालय सुन्धारा पुग्ने गरेका छन् ।

यी त महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको निर्णयविरुद्ध सडकमा उत्रेका विरोधमात्र हुन् । यसबाहेक पनि टुकुचा पीडितको समस्या छुट्टै छदैँछ । र महानगरविरुद्ध सामाजिक सञ्जालमा उठ्ने गरेका आवाज पनि कम छैन । सुरुवाती चरणमा प्रत्येक कार्यमा साथ दिने उपमेयर पनि पछिल्लो समय मेयरको विपक्षी झै भएर उभिएको देखिन्छ । चाहे त्यो ३१ नम्बर वडाको जग्गा विवाद होस् वा अण्डर ग्राउण्डको विषय यी दुई एक ठाउँमा उभिन सकेका छैनन् । पहिले बालेनलाई नै सहयोग गर्नेहरु उनीविरुद्ध सडकमा छन् । उनीहरुको विरोध विरोधकै लागि मात्रै काठमाडौँ महानगरको संवर्धनका लागि भएको बताउँछन् ।

नयाँ नेतृत्वले कार्यभार सम्हालेको छोटो समयमा नै महानगर पुरानै शैलीमा फर्किएको गुनासो भइरहँदा साच्चिकै महानगर आलोचना गर्नै पर्ने अवस्थामा पुगेको हो भन्ने प्रश्न पनि उठिरहेको छ । जसको जवाफमा महानगर भने राम्रो काम गर्दा गर्दै पनि राम्रो भन्नेहरु कम भएको बताउछ । सडकमा हुने जामलाई न्यूनीकरण गर्दै फुथपाथबाट पसल हटाएको कामलाई नराम्रो भन्न नसकिने उनीहरुको तर्क छ ।

यसै अवधिमा महानगरले १ सय रोपनी भन्दा बढी जग्गा आफ्नो मातहतमा ल्याएको छ । डोजर आतंकको आलोचना भइरहँदा विकासका लागि विनाश गर्नै पर्ने र त्यसलाई ठूलो कुरा मान्न नहुने बुझाई महानगरको छ । कमल पनि हिलोमा नै फुल्ने हुँदा अलिअलि आलोचना हुनु स्वभाविक भएको महनगरको प्रतिक्रिया छ ।

सबै ठाउँमा जुठो हाल्ने तर त्यसलाई टुंगाउन नसक्ने तीतो यथार्थ महानगरको देखिएकै कुरा हो । बनाउने भन्दा बढी भत्काउने काम मात्रै भएको आवाज उठिरहँदा महानगरपालिकाको ओरोलो यात्रा सुरु गरेको आंकलन छ । यसअघिका मेयरमा जवाफदेहिता नभएको भन्दै गर्दा उनी झन् त्यो भन्दा बढी रहेका आरोप लागिरहेको छ । तर, जानकारहरु भने जति राम्रो काम हुन्छ त्यति नै विरोधी पनि बढ्दै जाने बताउँछन् ।

वरिष्ठ नेत्र चिकित्सक काठमाडौँलाई पुर्खाहरुले नै विकाश गरिदिएको छ । अहिले मात्र त्यसलाई संरक्षण र संवर्धनको आवश्यक छ । महानगरपालिका विकासका लागि विनाश आवश्यक भएको भन्दै गर्दा काठमाडाँैवासी भने विनाशबाट हुने विकास स्वीकार्य नहुने बताइरहेका छ । यी दुई मेरै गोरुको बाह्रै टक्का भने झै गरि बसिरहँदा काठमाडौँले सोचेको जस्तो विकास पाउन मुश्किल छ ।