Breaking

सदनमा सभामुखलाई सांसद्को सुझाव, स्वतन्त्र र निष्पक्ष बन्नुस्


काठमाडौँ —संसदमा तटस्थ र निष्पक्ष कार्य सम्पादन गर्नु सभामुखको अनिवार्य शर्त हो । तर यसअघिका दुवै कार्यकालमा सभामुख विवादविहिन हुन सकेनन् । भर्खरै आफ्नो कार्यभार सम्हालेका सभामुख देवराज घिमिरेले विगतको नजिरबाट पाठ सिक्दै संसदको गरिमा जोगाउन सफल होलान् त ? ।

२०७४ को चुनावपछि सदनको सभामुखमा चयन भएका कृष्ण बहादुर महरा एमसीसी टेवल नगराएका कारण पटक पटक विवादमा परे । अन्त्यमा बलत्कारको मुद्धा परेपछि महरा पदच्यूत नै हुनुप¥यो । महरापछि सभामुखको जिम्मा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पाए । सदनमा सापकोटाको भूमिकामाथी प्रश्न मात्र उठेन, तत्कालिन एमाले पार्टी विभाजनमा सामेल भएको आरोप सोत लाग्यो ।

सभामुख निर्वाचित भएलगत्तैदेखि विवादित बनेका सापकोटा विवादमै मुछिएर कार्यकाल पूरा गरे । महरा र सापकोटा मात्र होइन संसदीय अभ्यासमा सरकार सत्तापक्ष र संसद प्रतिपक्षको भन्ने मान्यता भएपनि नेपालमा सभामुखले त्यसअनुरुप भूमिका निर्वाह गर्न नसकेको भन्दै पटक पटक अलोचित हुने गरेको छ ।

कानुनी रुपमा दलिय हैसियत त्यागे पनि आफ्नो कार्यशैलीमा दलिय दवदवा हुने गरेको आरोप खेप्ने गरेका छन् । सभामुखले स्वतन्त्र र निष्पक्ष जिम्मेवारी सम्हाल्न नसकेको नजिर छ । सत्तागठबन्धनको समर्थनमा सभामुख बनेका देवराज घिमिरेले यो चुनौतिलाई पार गर्दै विवादित नजिर चिर्न सक्लान् । यहि पेचिलो प्रश्नको घेरामा सभामुख घिमिरे छन् । सदन सुरु हुन साथ सबै सांसदहरुले सभामुखबाट सदनको गरिमा जोगाउन र निष्पक्ष भूमिका खेल्न सुझाव दिइरहेका छन् ।

पूर्व सभामुख समेत रहेका कांग्रेस सांसद रामचन्द्र पोडेलले सदन विगत भन्दा परिपक्व हुँदै गएको बताउँदै स्वतन्त्र निष्पक्ष रुपमा सदन सञ्चालनमा जोड दिएका छन् । सदन सञ्चालन विगतको जस्तो कठिन नभएको उनको भनाई छ । व्यवस्थापिकामा हुने विधायिकासँग सम्बन्धित काम र जनप्रतिनिधिले संसदमा उठाउने जनताका विषयलाई सरकारसमक्ष पु¥याउने वैधानिक माध्यम प्रतिनिधिसभा भएकाले सभामुख पदको भूमिका विशेष रहन्छ ।

भर्खरै आफ्नो कार्यभार सम्हालेका सभामुख देवराज घिमिरेको काधमा विगतको नजिबाट पाठ सिक्दै संसदको गरिमा जोगाउनुपर्ने जिम्मेबारी आएको छ । आफ्नो जिम्मेवारीमा उनी कत्तिको खरो प्रस्तुत हुन सक्छन्, आगामी दिनमा पुष्टि हुँदै जाने नै छ ।