देश

किरात राई खेलकुदसंघको १० औं स्थापना दिवसमा एशियाली पदक विजेतालाई सम्मान गर्ने


काठमाडौँ — किरात राई खेलकुदसंघको १० औँ स्थापना दिवसको अबसरमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (२०१९ काठमाडौँ) पदक विजेता किरात राई खेलाडी, प्रशिक्षक, र व्यवस्थापकलाई सम्मान गर्ने भएको छ ।

काठमाडौँको कोटेश्वर स्थित सुम्नीमा हलमा हुने कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्मान गरिन्ने भएको छ । कार्यक्रम माघ १२ गते शुक्रवार हुने किरात राई खेलकुदसंघका अध्यक्ष सन्जयकुमार राईले जानकारी दिए ।