Breaking

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

यसअघि, गत वर्षको फागुन २५ गते छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा करोबार भएको थियो । त्यसको एक वर्षपछि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।