Breaking

गण्डकीका मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् । यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।

पुस २५ गते तीनजना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौँ आएका हुन् ।

अधिकारीले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।