Breaking

कांग्रेस शेखर पक्षको बैठक जारी


काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमकाबारेमा छलफल भइरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको छ । बैठकमा शेखर पक्षका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतीहरू पनि सहभागी भएका छन् ।