Breaking

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौँ – सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन् । छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।