Breaking

डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड


काठमाडौँ – विख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख डलर अर्थात् नेपाली रुपैयाँ १३ करोड पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ ।

डा. सन्दुक रुइत इसा अवार्डको पाँचौं संस्करणको विजेता बनेका हुन् ।