खेलकुद

विश्वविजेता मेसी र पोर्चुगिच स्ट्रार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुँदै


काठमाडौँ — विश्वविजेता मेसी र पोर्चुगिच स्ट्रार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन । रोनाल्डो आवद्ध साउदीक्लवअल नासरले लियोनल मेसी सम्मिलितपिएसजीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । खेल आगामीबिहीबार रियादस्थितकिंग्सफाहद स्टेडियममा नेपाली समयअनुसार राति ११ बजे सुरू हुनेछ।अल नासरमा आबद्ध भएयता रोनाल्डोको यो पहिलो खेल हो ।

रोनाल्डो र मेसीले विगत १५ वर्षदेखि विश्व फुटबलमा आफ्नो प्रभुत्वजमाउँदै आएका छन्। १५ वर्षको बीचमा १२ वर्ष मेसी र रोनाल्डोले वर्षको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन्।कतार विश्वकप २०२२ को समूह चरणमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले हराउँदागोल गर्ने खेलाडी सालिमअलदसारीसहित साउदअब्दुलहामीपनि टोलीमा छन् ।

यो खेलकालागि २० लाखभन्दा बढी टिकेटका लागिअनलाइन माध्यमबाट मागभएकाथिए। भीआईपीतर्फ रहेको च्यारिटी टिकट बियोन्ड इमाजिनेसन खरिदकालागि १० मिलियन साउदी रियाल राखिएको छ । अक्सनबाट यो टिकट खरिदकालागिआजमंगलबार अन्तिमदिनहो । टिकट खरिद गर्नेले रोनाल्डो, मेसी, नेइमार तथाएम्बाप्पेजस्ता स्टार खेलाडी भेट्ने मौका पाउनेबताइएको छ ।