Breaking

पल शाहको मुद्दामा अन्तिम सुनुवाइ आज हुँदै


काठमाडौँ – बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो ।

यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको वाग्लेले बताए ।

पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन् । यही आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो । जिल्ला अदालतले नवलपुरले भदौ २१ गते फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिएपनि बाल यौन दुरुपयोगकको कसुरमा अढाई वर्ष जेल सजायको फैसला भएको छ ।

तनहुँ अदालतको फैसलापछि पल कति जेल बस्नपर्ने भन्ने टुंगो लाग्नेछ । गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन् ।