Breaking

यती एयर विमान दुर्घटना : फेक लाइभ भिडियोले आतंकित, शोकमा सरकारको स्टण्ट (भिडियोसहित)


काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा जहाज दुर्घटनासम्बन्धी सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडिओ प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेको छ।

योहो टेलिभिजनमासँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडिओ आइतबार काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको नभएको बताए ।

थप जानकारीको लागि पूरा भिडियो हेर्नुहोस् ।

सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो ।

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेका जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।