Breaking

पोखरामा विमान दुर्घटना : ६ जना फेला परेनन्, हुस्सुले उद्धारमा समस्या


काठमाडौँ — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ६ जनाको शव अझै फेला परेको छैन । आइतबार साँझसम्म खोजी गरे पनि उनीहरूको उद्धार कार्य सोमबार बिहानैबाट सुरु भइसकेको छ ।

अब ६ वटा शव फेला पर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । विमान दुर्घटनामा ४ वटा मात्र शव खोज्न बाँकी भएको नागरिक उड्ययन प्राधिकरणले नै जानकारी समेत दिएको थियो । तर, अझै ६ वटा शव भेट्न बाँकी भएको सिडिओ केसीले बताए।
सोही शव खोज्नका लागि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिइरहेको छ ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए।