Breaking

७० दिनको जेल जीवनपछि सन्दीप रिहा, टिममा फर्किने सम्भावना कति रु के भन्छ क्यान ?


काठमाडौँ — ७० दिनको लामो जेल जीवनपछि नेपालीक्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने रिहाभएका छन् । २० लाख धरौटीमा रिहाभएकाउनलाई फेरि क्रिकेटमा फर्कदै उत्कृष्ट प्रदर्शन गर्नचुनौतीहुने देखिन्छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकापूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्तभएका छन् । बिहीबार उच्चअदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्लाअदालतको आदेश बदर गर्दै सन्दीपलाई २० लाख धरौटीमा रिहागर्न आदेश दिएपछि उनीशुक्रबार दिउँसो रिहाभएकाहुन् ।

नाबालिगबालिकालाई बलात्कार गरेको अभियोगमापक्राउ परेका क्रिकेटर लामिछाने पुर्पक्षकालागिकात्तिक १८ गते कारागार चलानभएकाथिए । ७० दिन जेलमा बसेर निस्किएकाउनको रिहाईमाहजारौ क्रिकेटप्रेमीखुशीभएको देखिन्छ । हाल नेपालीक्रिकेटको अवस्था हेर्ने हो भने निकै खस्कदो छ । गत नोभेम्बर र डिसेम्बरमानामेवियामाभएको विश्वकपक्रिकेट लिग २ का ४ खेलमा नेपालजितविहीनभएको थियो । २०२३ को एकदिवशियविश्वकप खेल्ने त परैको कुरा एकदिवशीयमान्यताजोगाउनपनिमुश्किलहुने अवस्थामा नेपालीक्रिकेट पुगेको छ ।

सन्दिपविनाको निरन्तर खस्कदो प्रदर्शनसँगै नेपालीक्रिकेट धर्मराईरहेको अवस्थामापुनःउनको भविष्यलाई लिएर पनिप्रशंसकहरु चिन्तित बनेका छन् । सन्दिपको धरौटीमा रिहाईसँगै उनको आगमन नेपालीक्रिकेटमा सम्भव हुन सक्छ कि सक्दैन भन्ने अहिले सबैको चासोको विषय बनेको छ । उनको पक्षमावकालतगर्दै आएकावकिलले सन्दिपलाई टोलीमाफिर्ता मात्रै होइनपुनःकप्ताननै बनाउनु पर्नेमाजोड दिएका छन् ।

सन्दीपलाई टोलीमाफिर्ता बोलाउनेमाक्रिकेट संघ क्यानपनि सकारात्मक नै देखिएको छ । सन्दीपको निलम्बनफुकुवाबारे निर्णयसँगै टिममा फर्काउनेबारे पनि नेपालीकानूनव्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र यस्तै प्रकरणमा अन्य देशमाभएको अभ्यासबारे क्यान छलफल जुटेको छ । सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमाआवश्यकभएको र उनीशारीरिक तथामानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने क्यानले बताएको छ ।

२० लाख धरौटीसहित ५ वटा सर्त राखेर अदालतले सन्दीपलाई रिहा गरेको हो । यदि सन्दीपले ती सर्त उलंघन भएको अवस्थामापुर्पक्षकाक्रममा धरौटी मागगर्ने आदेश स्वतःनिष्कृय हुने छ । अदालताबाट आएकाबन्धनसँगै पुनक्रिकेटमा स्थापितहुन सहजभने छैन । अदालताबाट आएका यस्ताबन्धनसँगै पुनक्रिकेटमा स्थापितहुनउनलाई त्यत्ति सहजहुने भने छैन । विभिन्न लाञ्छना र आरोपको सामनागर्दै उत्कृष्ट प्रदर्शनलाई निरन्तरतादिन र क्रिकेटमा स्थापितहुनउनलाई चुनौतीहुने छ ।