Breaking

रौतहटमा चिसोले कठ्यांग्रिएर २ जनाको मृत्यु


काठमाडौँ – रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो ।

कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया १ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरीले जानकारी दिए ।

त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ । उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन् ।

एक सातादेखि घाम नलाग्दा तराई-मधेशको जनजीवन कष्टकर बनेको छ । शीतलहर र चिसो हावा चल्दा मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । बिहीबार पनि तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु लागेको छ । चिसो बढेपछि सबैजसो विद्यालय बन्द गरिएका छन् ।