Breaking

सर्लाहीको मलंगवामा पनि चल्यो डोजर, अतिक्रमित भौतिक संरचनाहरु भत्काइयो


काठमाडौँ — सर्लाहीको सदरमुकाममलंगवामाचार दशकभन्दा बढी समयदेखि सडक अतिक्रमण गरी बनाइएकाभौतिक संरचनाहरु भत्काउन सुरु गरिएको छ । बजारको मुख्य सडक विस्तार गरि कालोपत्रे गर्ने अतिक्रमण गरी बनाइएकाभौतिक संरचनाहरु भत्काइएको मलंगवानगरपालिकाले जानकारी दिएको छ । सर्लाहीजिल्लाकै सबैभन्दापहिलो तथा पुरानो सदरमुकाममलंगवानगरपालिकामाअतिक्रमित संरचना हटाउन थालिएको छ । मलंगवानगरपालिकाको स्थापनाकालदेखि नै मुख्यबजार क्षेत्रमा सार्वजनिकजग्गा अतिक्रमण गरेर बनाइएकाभौतिक संरचनाहरुका कारण सडक निर्माणकार्यमाअवरोध उत्पन्नहुँदै आएको थियो ।

नगरपालिकाले तयार पारेको विकासका योजनाहरुमाबजारको मुख्य सडक विस्तार गरि कालोपत्रे सडक निर्माण गरिने भएकोले अतिक्रमण गरी बनाइएकाभौतिक संरचनाहरु भत्काउन सुरु गरेको नगरपालिकाले बताएको छ । प्रमुखप्रशासकीयअधिकृत गेहनाथगौतमकाअनुसार मलंगवा–नवलपुर जिल्ला राजमार्ग तथा सहायक राजमार्गको सडक खण्डमा पहिलेदेखि १५ मिटर चौडाई कायमगरि निर्माण भएअनुसार बीचबजारको मुख्य सडक मलंगवानगरपालिका वडा न–९ स्थित श्रीमति कृष्णादेवीमावि देखि नगरपालिका मेन चौक हुँदै वडा न–८ स्थित राजश्री सिनेमा सम्मको चौडाईलाई रेखांकनगरि सोहीअनुसार निर्माणकार्य अघि बढाउन नगरकार्यपालिकाको गत पुस ५ गतेको निर्णयानुसार सडक क्षेत्र खाली गराउनलागेको हो ।

यसकालागि १५ दिने सार्वजनिक सूचना समेत जारी गरिसकेको र सोको समय गत पुस २२ गते नै समाप्तभइसकेको र पुनः दोस्रोपटक थपगरिएको समयावधिपनिगत पुस २५ गते नै सक्किएकोले मंगलबारबाट अतिक्रमण हटाएर सडक चौडा गर्ने कार्य सुरु गरेको प्रमुखप्रशासकीयअधिकृत गौतमले बताए । उक्त अतिक्रमण हटाउने कार्य सम्बन्धित वडाका वडा अध्यक्ष, सम्बन्धित घरधनी, स्थानीयबासीलगायत सुरक्षाकर्मीहरुको रोहबरमाभइरहेको उनले बताउनुभयो । नगरपालिका क्षेत्र भित्र सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि संरचनाबनाउननपाउने नियम रहेकोले यसरी नियममिचेर बनाइएका संरचनाहरु नगरपालिकाले भत्काउँदै जाने नगर प्रमुखनागेन्द्र प्रसाद यादवले बताए ।

नगरपालिकाले सार्वजनिकजग्गाहरू अतिक्रमण गरेर बनाइएकाभौतिक संरचनाहरू हटाउन पटक पटक सूचनाजारी गरेपनि स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नगर प्रमुखयादवले बताए । बजारको मुख्य सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरुका कारण सवारीसाधनलाई मात्रनभइ पैदलयात्रुलाई समेत हिंडडुल गर्न समस्याहुँदै आइरहेको छ । मलंगवाको वडा न–९ जनसागर पोखरीको छेउ बिच बजारमा रहेको पुरानो बसपार्क पनियही माघ ५ गते वडा न–२ स्थित जिल्लाप्रहरी कार्यालयको छेउमा ६ करोडको लागतमानिर्माण सम्पन्नभएको नवनिर्मित बसपार्कमा सारिने नगरपालिकाले जानकारी गराएको छ ।