Breaking

तराईमा हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात


काठमाडौँ – हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।