Breaking

शेर्पा चलचित्र संघको अध्यक्षमा छोङबा, आरोहीदेखि नायकसम्म


काठमाडौँ – शेर्पा चलचित्र संघ नेपालको अध्यक्षमा नायक छोङ्बा शेर्पा (रिन्छेन) सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौँको नारायणटारस्थित नेपाल शेर्पा संघको हलमा सम्पन्न संघको पहिलो अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्विरोध चयन गरेका हो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । चलचित्रको मध्यमबाट शेर्पा समूदायको भाषा, कला, संस्कृतिलाई जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले शेर्पा चलचित्र संघको स्थापन भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

संघले चलचित्र क्षेत्रमा लागेका कलाकारहरुको हकअधिकार स्थापित गर्नुको साथै उनीहरुमा रहेको प्रतिभालाई चलचित्रको माध्यमबाट उजागर गर्न सहयोग गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

सगरमाथा आरोहीको रुपमा परिचित रिन्छेन्, शेर्पा चलचित्र ‘टिन्छेन फामा’ मा नायक हुँदै अभिनय क्षेत्रमा प्रवेश गर्नुभएको हो । शेर्पाले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।

शेर्पा चलचित्र संघ नेपाल नामक संस्था २०७८ मा जिल्ला प्रशासन कार्यलयमा काठमाडौँमा दर्ता भएको गैरनाफामुलक सामाजिक संस्था हो । शेर्पा भाषामा खाङरी, कुसुम र टिन्छेन फामा चलचित्र निर्माण गरिएको छ ।