समाचार

बाँकेमा दादुराबाट एक बालकको मृत्यु


काठमाडौँ – बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का साढे २ बर्षका बालकको हिजो उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ । केही दिन यता उपमहानगरपालिकामा दादुर रोग फैलिएको छ। ५,७ र ८ नम्बर वडामा दादुरा फैलिएको हो ।

हालसम्म २४ जनामा दादुरा देखिएको स्वास्थ्य महाशाखाले जनाएको छ । ज्वरो आउने, जीउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग लगायत लक्षण देखिएको छ ।

विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी भइरहेको छ ।