खेलकुद

पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्ने


काठमाडौँ — पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ । पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ । गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।