समाचार

महोत्तरीमा एक पुरुषको शव फेला, हत्याको आशंका


काठमाडौँ – महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका-७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।

सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ ।

प्रहरीले शवको पोस्टमार्टम रिपोर्ट थप अनुसन्धान पश्चात मात्र घटना विषयमा यथार्थ भन्न सकिने बताए । प्रहरीले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।