Breaking

पाँचथरको फिदिममा आगलागी हुँदा २ जनाको जलेर मृत्यु


काठमाडौँ — पाँचथरको फिदिममा घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ ।

फिदिम नगरपालिका– ८ घमाउनेटारका मेखबहादुर गुरुङको घरमा आगो लाग्दा उनकी बुहारी २३ वर्षीया आसाङसिंह थेवे र छोरी २२ वर्षकी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर ५५ वर्षका मेघबहादुर पनि घाइते भएका छन् । यस्तै ३५ वर्षका विजेन्द्र गुरुङ पनि घाइते भएका छन् । घरमा सात जना सुतिरहेका बेला अचानक कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी भएपछि तीन जना भाग्न सफल भएका थिए । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।