Breaking

जसपा राजनीतिक समितिको बैठक आज पनि बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा जसपाका नेताहरुले समसामयिक विषयमा छलफल गर्न थालेका छन् ।

बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो ।

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम टिपाएका छन् । सोमबार २७ जना नेताहरुले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रचार विभागले जनाएको छ ।

निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरुले तर्क राखेका छन् । आजको बैठकमा यसबारे थप छलफल हुने बताइएको छ ।