Breaking

नेपालमै पहिलो अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुँदै, पाउनेछन् विजेताले एक करोड


काठमाडौँ — इन्ट्रा नेशनल एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको छ । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउनडेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने फाउनडेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार मेरो भ्वाईस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परिवार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान, जस्ता वरिष्ठ गायकहरु समावेश छन् ।

त्यस्तै डान्स यूनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई छन् । यि शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय रियालिटी शोहरु निर्देशन गरिसकेका छन् । जस्तै नेपाल आईडल, बूगी—बुगी नेपाल लोक स्टार, सारेगमपा लिल च्याम्पको निर्देशन गरिसकेका छन् । मेरो भ्वाईस यूनिभर्सका विजेताले रु एक करोड पाउनेछन् ।

क्रमश दोस्रो हुनेले ३० लाख तेस्रो हुनेले२० लाख पुरस्कार पाउनेछन् । डान्स तर्फ क्रमश एक करोड, ३० लाख, र २० लाख पाउनेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाईल्याण्ड भुटान, भारत, अष्टे«लिया, अमेरिका, क्यानडा, लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेकाछन् ।