Breaking

सोलुखुम्बु ट्रेल रेसको उपाधी रबिन बस्नेतलाई


काठमाडौँ — सोलुखुम्बुमा आयोजना गरिएको १५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’को बिजेता सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका रबिन बस्नेत विजेता भएका छन् । ३१० किलोमिटरको ‘सोलुखुम्बु ट्रेल रेसको दुरी पार गर्दै रबिन बस्नेत बिजेता बनेका हुन् । त्यस्तै मुना राई द्धितिय र ल्हामु शेर्पा तृतिय भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी भएका थिए । ओलम्पिक विजेता दा छिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके–दुधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन भएको हो ।