देश

जेरी र शंकर क्षेत्रीबीच औपचारिक रुपमा सम्बन्धविच्छेद


काठमाडौँ— नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौँ जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताईएको छ ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको जनाईएको छ । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।