देश

शेयर बजार सामान्य गिरावट


काठमाडौँ— शेयर बजार आज मङ्गलवार पनि घटेको छ ।

नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ । आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो सोमवारभन्दा आधाले घटेको छ ।

दुई सय २६ वटा कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल र गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।