Breaking

ठुला दललाई पछारेर राजतन्त्रफर्काउने ज्ञानेन्द्र शाहीको लक्ष्य, राजतन्त्रको सिनो क्रान्ति भूमिबाट लखेट्छौ–गठबन्धन


काठमाडौँ— नेपाली भाषाको उद्गमथलो,पर्यटन र जडीबुटीको खानी, केन्द्रको आखाँले देख्न नसकेको वानचाहेको जुम्ला । जुम्ला र अन्यजिल्लाको समानता तब हुन्छ जब देशमानिर्वाचन आउँछ । जम्मा एउटा निर्वाचन क्षेत्र भएको जुम्लाको प्रतिनिधि को बन्लाभन्ने चासो र जिज्ञासा सबैमा छ । कर्णालीको विकट जिल्ला जुम्लामा यस पटक सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र गरि ५ जना प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा छन् । जसमध्ये स्वतन्त्रका डा.कलबहादुर रोकायाले उम्मेदवारी निष्क्रिय गरेर माओवादीलाई समर्थन गरेका छन् ।

माओवादी आफ्नो विरासत जोगाउन कसरत गरिरहँदा एमाले पनि आफ्नो बलियो उपस्थिति जनाउने दाउँमा रहँदा यी दुवैलाई चुनौती दिन युवामाझ लोकप्रिय राप्रपाका ज्ञानेन्द्र भनेर चिनिने ज्ञानबहादुर शाही मैदानमा छन् । जनयुद्ध पूर्व नेपाल मजदुर किसान पार्टीको गढ जुम्ला २०६२÷०६३ पछि भने माओवादी केन्द्रको आधार इलाकाबन्दै आएको छ । दुई पटक माओवादीले नेतृत्व गरिसकेको यो जिल्लाबाट यसपटक पनि माओवादी केन्दकी गोमा गौतम कुँवर उम्मेदवार बनेकी छिन् । माओवादीको पकड क्षेत्र रहेको र गठबन्धनका अन्यचार दलको पनि साथ पाएकी गौतम राजतन्त्रलाई सिनोको संज्ञा दिँदै आएकी छिन् । गणतन्त्रमा अगाडी बढिसकेको देशमा राजतन्त्रफर्काउछु भन्नु दिवा स्वप्नमात्रै रहेको उनको भनाई छ । कुनै समय युट्युबको भ्युजतान्ने राम्रो माध्यम बनेका ज्ञानेन्द्र शाहीअहिले राप्रपाबाट जुम्लाको उम्मेदवार बनेका छन् । दलगत रुपमा सबैभन्दापहिले उम्मेदवारी दर्ता गराएकाशाहीआफ्नो र राप्रपाको साखजोगाउनविगत ३ महिनादेखि निरन्तर जुम्लामाप्रचार गरिरहेका छन् ।

कहिले ओखर खाएको भिडियोले मतदाताको मत रिझाई रहेका छन् भने कहिले आफ्नो भाषण कौशलले । जुम्लामा राप्रपाको सांगठन राम्रो नभएपनिशाहीको व्यक्तित्वले नै राम्रो भोट तान्ने आंकलन गरिएको छ । राप्रपाले आन्तरिक मुल्यांकनमा झापाबाट राजेन्द्र लिङ्देनको जित सुनिश्चित भएको दावी गर्दै गर्दा शाहीपनि सेफ जोनमा नै रहेको विश्लेषण भइरहेको छ । यी दुई उम्मेदवारसँग नेकपा एमालेका तर्फबाट रतननाथ योगी चुनावी प्रतिष्पर्धामा छन् । स्थानीय तहमा कुनै पनि ठाउँमा विजयी हुन नसकेको एमाले संघीय चुनावमा भने त्यो नतिजालाई बदल्न चाहन्छ । आर्थिक समृद्धि र विकासमैत्री नीति निर्माण पहिलो प्राथमिकतामा राखेर घरदैलो गरिरहेको छ । ०६४ मामाओवादीबाट नरेश भण्डारी, ०७० माकांग्रेसका ललितजंग शाही र ०७४ मा माओवादीकै गजेन्द्रबहादुर महत निर्वाचित भएर जुम्लाबाट सदनमा पुगिसकेका छन् । यद्यपि, सरकारी स्तरबाट नै कुहिने चामल बाड्ने र जीवनजल, सिटामोल जस्ता सामान्य प्राथमिक उपचारको औषधी पनि उपलब्ध नहुने यो क्षेत्रमा गर्भवतीले अकालमै ज्यान गुमाउने पर्ने स्थिति अझै पनि छ ।

कर्णालीका समस्यालाई आफ्नै भाषा शैलीमा प्रस्तुत गरेका महतले कर्णालीलाई केन्द्रले हेपेको भन्दै भाषणको क्रममा बोल्दा बोल्दै संसदमा आशु नै झारेका थिए। ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामागत स्थानीयतहको मत परिणाम हेर्दा गठबन्धन बलियो देखिन्छ । ८ स्थानीयतहमध्ये ७ स्थानमाप्रमुख र ८ वटै स्थानमा गठबन्धनले जितेको थियो । एउटमा भने स्वतन्त्रविजयीभएको परिणाम छ । गठबन्धनका वडाध्यक्षले ३६ हजार ४ सय ४५ मत ल्याउँदा एमालेको ६ हजार ९ सय ६२ र राप्रपाको ५ सय १४ मतमात्रै आएको थियो ।

जुम्लालाई प्रकृतिले सुन्दर बनाएपनि सत्तामा पुग्नेको उपेक्षमा पर्दा २१ औं शताब्दीमा पनि जुम्ला निकै पिछडीएको छ । बलियो र प्रभावशाली नेता नपाउँदा जुम्लाको आवाज राजधानीमा बस्नेले सशकको नजरमा पर्न सकेको छैन । कर्णालीलाई सिंहदरबारले जहिल्यै उपेक्षामा पारेको जुम्ला प्रतिनिधिको गुनासो छ । जनयुद्ध पछि पनि माओवादी कांग्रेस जस्ता ठूला भनिएका सबै दललाई सत्तामा पुर्याइसके पनि त्यो भूगोलको अझै उत्थान हुन सकेको छैन ।