काठमाडौँ— सोलुखुम्बुको माथिल्लो हिमाली भेगका जनताको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै फाक्दिङ स्थित जम्बोटेमा सुविधायुक्त अस्पताल सञ्चालनमा आएको छ । झन्डै २० करोड लगानीमा निर्माण भएको १५ शैयाको अस्पतालबाट स्थानीय तथा पर्यटकलाई सहयोग मिलेको छ । सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नम्बर तीन फाक्दिङस्थित जम्बोटेमा भर्खरै निर्माण सम्पन्न भएको हिमालयन शेर्पा अस्पताल सञ्चालनमा आएको छ । हिमालयन शेर्पा फाउन्डेशनको पहलमा झन्डै २० करोड लगानीमा निर्माण सम्पन्न भएको अस्पताल आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्धघाटन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पदमार्गमा पर्ने एक दर्जन गाउँका स्थानीयले नि.शुल्क स्वास्थ्य सेवालिन पाउनेछन ।
कम जनघनत्व भएको र सडकको पहुँच नपुगेको यस क्षेत्रका स्थानीय अझै पनि सामान्य स्वस्थ्य उपचार,परीक्षणका लागि घण्टौ पैदल हिँडेर नाचिपाङमा रहेको स्वास्थ्य चौकी, लुक्लावानाम्चे नै पुग्नु पर्ने बाध्यता छ । आकस्मिक जटिल स्वास्थ्य समस्या आईपरे लाखौ तिरेर हेलिमार्फत काठमाडौ आउनुपर्ने अर्को बाध्यता छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकहरु ’हाई अल्टिच्यूट सिकनेस अर्थात लेक लागेर सामान्य विरामी भयो कि लुक्ला हुँदै काठमाडौ नै फर्किनुपर्ने अवस्था छ । यहाँ स्थानीय बासिन्दाको स्वास्थ्यमा सहज पहुँच र पर्यटकहरुको यो समस्या केहि कम गर्नका लागि पनि यो अस्पताल सञ्चालनमा ल्याइएको फाउन्डेशनका अध्यक्ष तथा पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पा बताउँछन ।
अस्पताल निर्माणमा जर्मनीबाट सहयोग गर्ने शेर्पा नेपाल हिल्फे हिमालयन शेर्पा फाउन्डेशनका अन्तराष्ट्रिय शाखा प्रमुख जर्मनी नागरिक डाक्टर माथयस बाउमनले यस क्षेत्रमा अस्पताल बनाउने आफ्नो सपना पूरा भएको बताए । सन् २०१५ देखि क्लिनिक स्थापना गरी निःशुल्क सेवा सुरु गरिएको यस क्षेत्रमा अब सेवाग्राहीले अब २४ घण्टा आकास्मिक स्वास्थ्य उपचार सेवा, बहिरंग सेवा,एक्सरे,अल्ट्रासाउन्ड सहित प्रसुति सेवा समेत प्राप्तगर्नेछ । अस्पताल सञ्चालनमा आएसँगै सर्वसाधरण हर्षित छन । ठुलो राहत मिलेको बताउँछन । स्थानीय जनघनत्व साथै पर्यटकीय क्षेत्र भएको हुँदाचहलपहल बढि हुनु स्वभाविक छ ।
तर स्थानीयबासिन्दा साथै यस क्षेत्रमा घुम्न आएकापर्यटक होस् या पर्यटकका सहयोगीहरु अचानकविरामी परिहालेमा स्टेचरमातीन÷चार घण्टा बोकेर खुन्दे वालुक्लालानुपर्ने बाध्यता अब नहुने स्थानीय सरकारका प्रतिनिधिहरु बताउँछन । यस अस्पतालको दिगो सञ्चालनका लागि स्थानीय सरकार सदा तत्पर स्थानीय सरकारको भनाई छ । सन् २०१६ देखि नै निर्माण कार्य सुरु गरिएको यो अस्पताल कोरोना महामारीका कारण निर्माण सम्पन्न गर्न समय लागे पनि अन्तत सेवाका लागि तयार भएको छ ।


प्रतिक्रिया