कोरोना विशेष

थप १५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ—पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमितको मृत्युदर शून्य छ । हालसम्म एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७७ छ ।