काठमाडौँ— खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो । यो ब्ल्याक होल हाम्रो सूर्य भन्दा करिब १० गुणा ठूलो छ ।
यो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष टाढा छ ।यो ब्ल्याक होल लगभग त्यति नै टाढा छ जती पृथ्वी र सूर्य बीचको दुरी छ जसले यसलाई थप विशेष बनाउँछ । दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होल लगभग ३००० प्रकाश वर्ष टाढा छ । पहिलो पटक हाम्रो ग्यालेक्सीमा तारकीय द्रव्यमानको ब्ल्याक होलको वरिपरि फराकिलो कक्षमा रहेको सूर्यजस्तो तारा पत्ता लागेको बताईएको छ । ब्ल्याक होलको नजिक रहेको यो ताराले यसले परिक्रमा गरिरहेको छ ।
खगोलविद्हरूले ब्ल्याक होलसँग यसको गतिको अवलोकन गर्नका लागि हवाईमा स्थित जेमिनी उत्तरी टेलिस्कोपको प्रयोग गरे जुन जेमिनी अब्जरभेटरीको जुम्ल्याहा दुरबिन हो । टोलीले पहिलो पटक युरोपेली अन्तरिक्ष एजेन्सीको गाया अन्तरिक्ष यानबाट प्राप्त डाटा विश्लेषण गरेर ब्ल्याक होलको उपस्थिति पहिचान गर्यो । त्यसपछि जेमिनी नर्थमा जेमिनी मल्टी–अब्जेक्ट स्पेक्ट्रोग्राफ उपकारको प्रयोग गरेर ब्ल्याक होलको पहिचान गरियो ।
खगोलविद्हरू हाम्रो आकाशगंगामा लगभग १० करोड स्टेलर–मास ब्ल्याक होल भएको विश्वास गर्छन् । यिनीहरु हाम्रो सूर्यभन्दा पाँचदेखि १०० गुणा ठूला छन् ।
प्रतिक्रिया