काठमाडौँ— नेपाली काँग्रेसका महामनत्री गगन थापा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेका नेता राजन भट्टराईले चुनौती दिँदै छन् । निर्वाचन क्षेत्रमा भइरहेको चुनावी प्रचारका गतिविधिहरुले यस पटक मतदाताहरुमा नयाँ उत्साह थपेको देखिन्छ ।
शुक्रबारबाट घरदैलो अभियानलाई निरन्तरता दिएका गगन थापा यतिबेला जनताको घरघरमा पुगेर आफुलाई मतदान गर्न आग्रह गरिरहेका छन् । पहिलो दिन चाबहिलको गणेशथान मन्दिरमा पूजाआरधना गरेर घरदैलो अभियान सुरु गरेका उनले समयतालिका बनाएरै मतदाताको घर घरमा पुगिरहेका छन् । आज पनि गगन कपनको ११ नम्बर वडाको टोल टोलमा घरदैलो अभियानमा ब्यस्त थिए । मतदातासँग भोट माग्दै हिँडेका गगनलाई हेर्न छत र बार्दलीमा मतदाताहरु व्यस्त थिए । उनी हात हल्लाउँदै मतको अपिल गरिरहेका थिए । माथिघरको छतबाट मतदाताले मुस्कानसहित मौन समर्थन जनाइरहेको देखिन्थ्यो । संगित मय प्रचार र्याली निक्कै आकर्षक देखिनथ्यो् ।
यस्ता दृश्य गगनको घरदैलो कार्यक्रममा नियमित बनेको छ । काठमडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदगवार बनेका गगन थापाले र उनका कार्यकर्ताले आगामी प्रधानमन्त्री भन्दै स्वउद्घोष गरिरहेका छन् । बाल लोकतान्त्रीक गठवन्धनमा माओवादी केन्द्र र समाजवादी पार्टीबाट प्रदेश सभाका उम्मेदवार बनेका छन् । प्रचारकै क्रममा बोल्दै गगन थापाले आफु निर्वाचित भएपछि जनताको समस्या समधान गर्ने बआचा गरे । सधैभरी जनताको साथमा रहने बताएका उनी गठबन्धनले काठमाडौँको क्षेत्र ४ मा हारे देशभरी नै हारेको सन्देश जाने भन्दै गठवन्त्रनको जीत सुनिश्चीत रहेको दावी गरे ।
प्रष्ट वाक कला, स्पष्ट अडान र संसद देखि शिर्ष नेताहरुको बैठकमा समेत प्रभावकारी निर्णायक भूमिका निभाउन सक्ने ल्याकत भएका थापा पार्टी राजनीतिमा पनि सबैलाई उछिन्दै शक्तिशाली महामन्त्रीको रुपमा उदाइसकेका छन् । चुनावी रौनकबाट मतदाताहरु पनि मंसिर ४ कालागि हौसिएका छन् । गगन थापालाई अघिल्लो पटक झेँ यस पटक पनि एमालेका नेता राजन भट्टराईले टक्कर दिँदै छन् । अघिल्लो पटक हार व्यहोरेका राजनले यस पटक जीतमा बदलिने मौका पर्खिरहेका छन् । राजन भट्टराई पनि यतिबेला घरदैला कार्यक्रम होमिएका छन् ।
तर प्रचार प्रसारमा गगन थापाको बाहिरी माहौलमा राजन भट्टराईको प्रचार शैली केही कमजोर देखिन्छ । तर यस पटक आफ्नो जितलाई कसैले रोक्न नसक्ने उनको दावी छ । थापा र भट्टराई दुवैलाई यतिबेला आशा र डर उस्तै छ । गगन थापा लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । उनी तेस्रो पटक निर्वाचनमा होमिदै छन् । लगातार जित निकाले थापा फेरि आफ्नो विरासत जोगाउने अभियानमा रहनेछन् । यता एमाले नेता भट्टराई थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ दिने भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया