काठमाडौँ— पछिल्लो एक सातामा तीन सय जनामा डेंगुको संक्रमण देखिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। यो सँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।
कार्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।
प्रतिक्रिया