देश

नेप्सेमा साढे १ अर्ब बढीको कारोबार


काठमाडौँ— शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार आज नेप्से परिसुचक ४३ दशमलव २० अंकले बढेर १९६५ दशमलव ३५ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ९ अंकले बढेर ३८७ दशमलव ५२ बिन्दुमा पुगेको हो ।

आज २२८ कम्पनीका १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँ बराबरको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।