देश

तीन हजार सवारीसाधन एकै दिन कारबाहीमा

योहो संवाददाता

काठमाडौँ— काठमाडौँ उपत्यकामा एकै दिन करिब तीन हजार सवारीसाधन कारवाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयबाट शनिबार २ हजार ९७९ सवारीसाधन कारवाहीमा परेका हुन्।

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने २४४ जना, लेनको पालना नगर्ने ३९ जना, रेड लाइटमा गाडी चलाउने ५९ जना र जथाभावी हर्न बजाउने ७४ जना कारबाहीमा परेका छन्।

यसैगरी नम्बर प्लेट स्पष्ट नभएका ८८ र अन्य २ हजार ४७५ लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।