Breaking

अफगानिस्तानमा सडक दुर्घटना हुदाँ १० जनाको मृत्यु

योहो संवाददाता

काठमाडौँ— अफगानिस्तानमा सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ ।

अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।

कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको जनाईएको छ । सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्को एक दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ ।

सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरबाहीका कारण बारम्बार सवारी दुर्घटना हुने गरेको उल्लेख गरिएको छ ।