Breaking

गोरुजुधाईँमा ओली–प्रचण्ड, ओली सकिने कि प्रचण्ड ?निर्वाचनको मुखमा झनै ठोकाठोक, देउवा दाउ छोप्दै

योहो संवाददाता

काठमाडौँ—नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खासै चित्त दुखाई छैन । तर ओलीको प्रहारमा निरन्तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पर्दै आएका छन् । यता प्रचण्ड पनि ओलीकै उछितो काढेर चुनाव जित्ने दाउमा छन् ।

यसपालीको संसदीय निर्वाचन नै कम्युनिष्टविरुछ कम्युनिष्ट जस्तो बनेको छ । यो निर्वाचन मुलतः प्रचण्डले ओली सिध्याउने कि, ओलीले प्रचण्ड सिध्याउने ?महाभिडन्तकै तयारीमा छ । त्यसमा माधवकुमार नेपाल र बाबुराम भट्टराई जस्ता पात्रहरु सहायक रुपमा सिमित छन् ।तर उनीहरुभन्दा अलि फरक विचार सिद्धान्तका शेरबहादुर देउवा सबैलाई घुमाएर आफ्नो दाउ छोप्ने तयारीमा छन् ।यद्यपी आफुलाई कम्युनिष्ट भन्ने ओली–प्रचण्डको चेत खुलेको छैन ।बरु उनीहरु अझै भिडेर, एकअर्काको सत्तोसराप गर्दै कम्युनिष्ट मास्ने तयारीमा छन् । एकअर्का लक्षित भनाई सुन्दा उनीहरु भिडेरै पत्तासाप हुने सिवाय केही देखिदैन । गत निर्वाचनमा ओली–प्रचण्ड बाम गठबन्धन गर्दै चुनावमा होमिएका थिए । त्यतिबेलाको मुल मक्सद चुनावपछि बाम एकता वा पार्टी एकता गर्नु थियो ।

ओली–प्रचण्डको चाहनाअनुसार नै एमाले–माओवादी मिलेर नेकपा बन्न सफल पनि भयो । तर नेकपा विभाजनको एकबर्षपछि समेत उनीहरुको रिस राग मरेको छैन ।ओलीलाई सत्तोसराप गर्दै प्रतिगमनकारीको तक्मा दिएर भोट बढाउने मिशनमा प्रचण्ड छन् । प्रचण्डलाई परमादेशीको नाम दिएर आफुलाई जनमतधारीको अहं देखाउनु ओलीको बाध्यता बनेको छ ।तर ओलीकै दुस्प्रयासका कारण देश खाल्डोमा गएको भन्दै आफुलाई अग्रगमनकारी देखाउन प्रचण्डले कुनै कसर बाँकी राखेका छैनन् । दलालदेखि देश टुक्र्याउने विखण्डनकारीको नाम दिन समेत पछि परेका छैनन् । उनीहरुकै टकरावका कारण हुँदाखाँदाको पार्टी विभाजन भयो । झण्डै बुहमतधारी सरकार पतन भयो । विगतमै गरेको बेइमानीका कारण कम्युनिष्टप्रति असन्तुष्ट बनेको परिणाम जनताले स्थानीय तहको निर्वाचनमा मतमा खसाएका छन् । त्यही अवस्था संसदीय निर्वाचनमा दोहोरिने सम्भावना बलियो छ । यसो हुँदा अबको प्रमुख शक्ति नै काँग्रेस बन्नेछ ।

तल्लो तहका नेता कार्यकर्ताहरु जतिसुकै एकताको आवाज उठाएपनि शीर्ष नेताको रवैयाले कम्युनिष्ट आन्दोलन र विचारधारा नै छिन्नभिन्न बन्दै गएको छ । तथापी कार्यकर्ताकै बलमा कम्युनिष्टको एउटा पकड भने कायम रहिरहने विश्लेषकहरु बताउँछन् ।अझै पनि तल्लो तहमा झिनो आश बोकेर बसेका नेताहरु कम्युनिष्टको मत बचाउने र विरासत फर्काउने पुरापुर कसरत गरिरहेका छन् ।तर पार्टी फुटेर साइनो सकिएपनि ओली–प्रचण्डको द्वन्द्व झनझन उग्र बन्दै गएको छ । यी दुबै नेताहरु एकले अर्काेलाई कम्युनिष्ट स्वीकार्ने पक्षमा छैनन् ।

सक्कली कम्युनिष्टको तक्मा आफुले लगाएर नक्कली कम्युनिष्टको बिल्ला अर्काेलाई भिडाउने घोचक भिडन्त चलिरहेकै छ ।देश चुनावको मुखमै रहेका बेला उनीहरुबीचको घोचपेच झनै पेचिलो बनेको छ ।यसले दुबै पक्षलाई संकटमा पार्ने मात्रै होइन, तेस्रो पक्षलाई फाइदामा पु¥याउने पक्कापक्की छ ।