कोरोना विशेष

थप १६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ— नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमित थपिएका हुन् ।

देशभर गरिएको ४४९ पीसीआर परीक्षणका क्रममा १० जना र ८२७ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।