Breaking

प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

योहो संवाददाता

काठमाडौँ – पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन् ।

बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली प्रहार गरेको एक जनाको मृत्यु भएको घटनामा पूर्व क्रिकेटर समेत रहेका खान प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् ।

उनले आक्रमणमा गृहमन्त्री र एक सैनिक जनरलको पनि संलग्न भएको जिकिर गरेका छन् । लाहोरको शौकत खानम अस्पतालबाट सम्बोधन गर्दै खानले प्रधानमन्त्री शरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैनिक जनरल फैसल नासिरले आफूविरुद्ध हत्याको योजना बनाएको दाबी गरे ।

खानको आरोपपछि पाकिस्तानी सेनाले झुठा आरोपविरुद्ध कानूनी कारबाहीको प्रक्रिया थाल्ने बताएको छ । गृहमन्त्री सनाउल्लाहले पनि आरोपको खण्डन गरेका छन् ।