काठमाडौँ — राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दिपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि सुन्धारा कारागार पठाइएको हो । धेरैको ध्यान खिचेकोको नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछाने माथि लागेको बलात्कार आरोपको विषय शुक्रबार बाट लगभग टुङगीएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दिपलाई अन्तत पूर्पक्षका लागि जेल चलान गरेसँगै के होला भन्ने कौतुहल्ता मेटिएको हो । सन्दिप पक्षका वकिलले सन्दिप निर्दोष रहेको र धरौटीमा छुट्ने अड्कल काटी रहेका बेला जिल्ला अदालत काठमाडौंका न्यायाधीस माधव प्रसाद घिमिरेको एकल इजलासले सन्दिपलाई पूर्पक्षका लागि कारागार पठाएको छ ।
शुक्रबार न्यायाधीश घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । तत्काल प्राप्त प्रमाणका आधारामा सन्दिप निर्दोषनै हुन् भन्न सक्ने अवस्था नरहेकाले थुनामै राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश भएको हो । यता सन्दिपका पक्षबाट बहस गरिरहेका वकिलहरुले भने जिल्ला अदालतको फैशला विरुद्ध उच्च अदालत जाने बताएकाछन् ।
सन्दीपविरुद्धको मुद्दामा मंगलबारदेखि सुरु भएको थुनछेक बहस सकिएसँगै उनी जेल चलान भएका हुन । सरकारी वकिलको तर्फबाट न्यायाविवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा चारजना सरकारी वकिल, जाहेरवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सन्दीपको तर्फबाट ११ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए । शुक्रबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस सकेसँगैन्यायाधीश घिमिरेको इजलाशले आदेश गरेको हो ।
मंगलबारदेखि शुरु बहसमा बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। हाइप्रोफाइलका वकिल हायर गरेर बहसमा उतारे पनि सन्दिपलाई जेल जान बाट रोक्न भने सकेनन् । अब सन्दीप लामिछाने कति वर्ष जेलमा बस्नेछन त्यो भने अदालतको फैसलाले नै बताउने छ ।
प्रतिक्रिया