Breaking

लिखुपिकेको सडक समस्या दीर्घकालीन समाधान गछौँ : एमाले उम्मेदवार राई

???????????? ??? ???????????????????????? ???????????????????????? ????????????????????? ?????????????????? ????????? ??????????????? ????????? ?????????????????? ?

योहो संवाददाता

काठमाडौँ – एक मात्रनिर्वाचन क्षेत्र भएको सगरमाथाको जिल्ला सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेले केन्द्रीय सदस्य मानवीर राईले लिखुपिकेको सडकको समस्य दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्ध व्यक्त गर्नुभएको छ ।

बिहीबार सोलुखुम्बुको हिमाल पारीको गाउँपालिका भनेर चिनिने लिखुपिकेको केन्द्र काफ्ले चौरमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिय कार्यक्रमलाई सम्बोधन गर्दै राईले गाउँपालिकाबाट सहज रुपमा जिल्लाको सदरमुकाम जाने सडकको लामो समयदेखि समस्या रहेको हुँदा अब छिट्टै यसको समाधानगर्ने बताउनु भएको हो ।

राईले मंसिर ४ गते हुने निर्वाचनमा जनतालाई भ्रमित गरेर आफ्नो स्वार्थ पूरा गर्न वृद्धभत्ता खाएर बस्नु पर्ने उमेरका व्यक्तिले विकास गर्छु भने कुरा सत्य नरहेको र युवा अवस्थामा २० बर्षसम्म सत्तामा रहदा जिल्लाका लागि केहि गर्न नसकेको आरोप लगाउनुभयो । उमेरमा केही गर्न नसक्ने व्यक्तिले जिल्लाको कायापलट गर्छु भन्नु हाँस्यास्पद भएको राईको भनाइ छ ।

राईले आफू पार्टी अध्यक्ष हुँदा सीमा विवादका कारण लालपूर्जा नपाएका लिखुपिकेको मैलीबासीलाई लालपुर्जा वितरणमा पहल गरेको स्मरण गराउनु भयो । अब रामेछापसँग सीमा जोडिएका पातल र लोछार विवाद पनि छिटो अन्त्य गरिने उहाँले बताउनुभयो ।

राईले आफू शासक बन्नन भई सेवक बन्नका लागि सोलुखुम्बुको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा जानचाहेको स्पष्ट पर्नुभयो राईले भन्नुभयो, ‘मैले आङ इगेले झलक शेर्पादेखि हेमकुमार राईसम्मलाई सहयोग गरेर पटक पटक उम्मेदवार बने । तर, मेरा प्रतिस्पर्धी बलबहादुर केसी जिल्ला कार्यसमितिले अर्कैको नाम सिफारिस गर्दा पनि कार्यकर्ताहरुसंग झगडा गरेर ०४८ सालदेखि निरन्तर उम्मेदवार बनिरहेका छन् । आखिर के का लागि ?’

राईले २०६४ सालको चुनावमा सिसाखोलामा कांग्रेसका केसी र माओवादी कार्यकर्ताबीच झडप हुँदा लिखुपिकेका गजेन्द्र भुजेलको ज्यानगएको स्मरण गर्दै राईले कांगे्रस र माओवादीका उम्मेदवारसँग उचित जवाफ लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफुहरुले निर्वाचन जितेमा १२ महिनाभित्र सडक समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता व्यक्त गनुभयो । राजभण्डारीले सल्लेरीबाट तामाखानी जसमाने भञ्ज्याङ हुँदै लिखुपिके र सल्लेरी टाक्टोर लामाजुरा हुँदै काठमाडौँसम्म पुग्ने सडकको ट्याक खोलेर समस्याको समाधान गर्ने उहाँको दाबी छ ।

सदरमुकामबाट लिखुपिकेसम्मको सडक ओपन गर्ने कार्यका लागि आफुहरुको योगदान महत्वपूर्ण रहेको बताउंदै उहाँले मतदाताले कामको मुल्यांकन गर्ने बताउनुभयो । राजभण्डारीले पहिलो पटक प्रदेश सभामा निर्वाचित भएपछि लिखुपिकेको विकासका लागि सक्दो पहल गरेको बताउनुभयो । उहाँले खानेपानी योजना, विद्यालयको भौतिक विकास र अन्य पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको बताउनुभयो । आवश्यक विकास र अघिल्लो कार्यकालका बाँकी काम पूरा गर्न फेरि उम्मेदवार बनेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि दर्जन भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।