Breaking

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँः अधिवक्ता रिजाल


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नुहुनेछ ।

आजको बहसपछि सञचारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताउनु भयो । उहाँले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नुभएको बताउनु भयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले थुनछेक बहस ग¥यौं, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग¥यौं । हामीले पुरानै प्रमाणहरु दलील ग¥यौं । दुई वटा जन्मदर्ताका कुराहरु, बाँकी कुराहरु जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको बहस ४ः३० बजेसम्म भयो । भोलि सरकारी पक्षका वकीलहरुको जवाफ बाँकी छ । फस्र्ट आवरमा उहाँहरुले जवाफ पेस गर्नुहुनेछ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताउनु भयो । सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।