काठमाडौँ— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हत्याको प्रयास भएको छ । उनीलाई मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।
उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ । खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै र्यालीमा सहभागी केही घाइते भएको बताइएको छ । गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।
खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।
प्रतिक्रिया